पोखरा, १८ पुस। दैनिक सैयौ सवारीसाधन अवागमन हुने मुग्लिन – नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ।
सडक निर्माण कार्यलाई तिव्र पार्नका लागि सडक बन्द गर्न लागिएको हो। आज पुस १८ गतेदेखि १५ दिनसम्म राति १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुनेछ।
पुस १२ गते जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु संयुत्त बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो।
निर्माण कार्यलाई छिटो छरितो गर्नका लागि निर्माण व्यवसायीहरूले कम्तिमा आठ घण्टा सडक बन्द गरी काम गनुपर्ने अवस्था रहेको बताएका थिए। फागुन पहिलो हप्तासम्म सडक निर्माण कार्य सक्ने लक्ष्यका साथ काम भैरहेको छ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
Archives
Archives