पोखरा, १८ पुस । सोमबार रातिदेखि लागु हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
झण्डै एक महिनाका बीचमा सरकारले तेस्रो पटक मूल्य बृद्वि गरेको हो। निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरेको जनाएको छ ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो। अब पेट्रोल प्रतिलिटर एक सय दुई रुपैयाँ, डिजेल र मट्टीतेल ७९ रुपैयाँ पुगेको छ।
ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ पुगेको छ । त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ लिटरको ९० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकेएल नौ सय डलर पुगेको निगमले जनाएको छ ।
निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक÷एक रुपैयाँ मूल्य बढाइएको छ ।
यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ।
Related News
सम्बन्धित समाचार
बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए