पोखरा, १७ पुस। ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय टोपी दिवस देशका विभिन्न स्थानमा मनाइएको छ।
नेपालसँगै भारतको दार्जिलिङ ,आसाम ,देहरादून लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ।
काठमाडौं लगायत विभिन्न शहरहरुमा टोपी प्रदर्शन गरिएको छ। पोखरामा पनि कपडा व्यवसायी संघले निःशुल्क रुपमा ढाका टोपी वितरण गरी दिवस मनाएको छ ।
जागरुक युवा अभियानले विहानै माइतिघर मण्डलाबाट नेपाली टोपीसहित ¥याली निकालेको छ।
राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुमिरहेकाबेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने उल्लेख गरे।
१ जनवरीका दिन आ–आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको अवसर फेसबुक र सामाजिक संजालमा शेयर गर्ने प्रचलन बढेको छ ।
Related News
सम्बन्धित समाचार
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
चोरीका चार मोटरसाइलसहित छ पक्राउ
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह