पोखरा, १५ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले आफु प्रजातन्त्रवादी भएकाले जनताको निर्णय शिरोधार्य भएको बताएका छन्।
म कांग्रेस हुँ, प्रजातन्त्रवादी हुँ, जनताको निर्णयलाई शिरोधार्य गर्छु, त्यो नै मेरा कर्तव्य हो उनले भने – ‘प्रजातन्त्रवादीले जे गर्नुपर्छ मैले जानेको छु, बुझेको छु, कसैले सिकाउनु पर्दैन।’
तमु ल्होसारको अवसरमा शनिबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव गराएकोमा धन्यवाद दिनुको साटो आफूमाथि शंका उपशंका गरेकोमा असन्तुष्टि जनाए। उनले आफुलाई सत्तामा टाँसिरहने रहर नभएको स्पष्ट पारेका छन्।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले चुनावको नजिता सहर्ष स्वीकार गरेर सरकार निर्माणमा पुरा सहयोग गर्न तयार रहेको उल्लेख गरे।
उनले चुनाव गराएर संविधान कार्यान्वयन गर्न सफल भएकोमा गौरव लागेको बताए । धन्यवाद दिनुको सट्टा शंका उपशंका गर्नुको अर्थ छैन, एमालेको आरोपतर्फ संकेत गर्दै उनले भने – ‘मलाई सत्तामा टाँसिने रहर छैन।’
देउवाले मौलिक पहिचानको रुपमा रहेका विभिन्न जाति समुदायको पर्वलाई उत्सवका साथ मनाउन सहयोग गर्नु राज्यको दायित्व रहेको बताए।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
Archives
Archives