पोखरा, १२ पुस। दैनिक सैयौ सवारीसाधन अवागमन हुने मुग्लिन – नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ।
सडक निर्माण कार्यलाई तिव्र पार्नका लागि सडक बन्द गर्न लागिएको हो। पुस १८ गतेदेखि १५ दिनसम्म राती १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुनेछ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु संयुत्त बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो।
निर्माण कार्यलाई छिटो छरितो गर्नका लागि निर्माण व्यवसायीहरूले कम्तिमा आठ घण्टा सडक बन्द गरी काम गनुपर्ने अवस्था रहेको बताएका थिए। फागुन पहिलो हप्तासम्म सडक निर्माण कार्य सक्ने लक्ष्यका साथ काम भैरहेको छ।
Related News
सम्बन्धित समाचार
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए
अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी