पोखरा, ११ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको फाईदा बेफाईदा नहेरी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरी संविधान पूर्ण कार्यान्वयन गर्न सफल भएको बताएका छन्।
संक्रमणकाललाई निकास दिनका लागि आफु नेतृत्वको सरकार सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले नतिजाको ख्याल नगरी निर्वाचन शान्तिपूर्ण रुपमा गराउन सफल भएको उल्लेख गरे।
सौराहामा शुरु भएको १४ औं चितवन हात्ती महोत्सवको मंगलबार उद्घाटनगर्दै उनले संवैधानिक व्यवस्था अनुसार छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न चाहेको बताए।
संवैधानिक प्रकृयामा सवैबाट सवै बाँकी कार्य पुरा हुने विश्वास छ, प्रधानमन्त्रीले भने – ‘नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न चाहेको छु।’
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीले नेपाली कांग्रेस विकासप्रति प्रतिवद्व पार्टी भएको उल्लेख गरे।
सत्तामा रहे पनि नरहे पनि सधै नेपाल र नेपालीको विकासका लागि प्रतिवद्ध रहने उनको भनाई थियो। उनले लोकतान्त्रिक प्रणाली र विकासको मार्ग अवरुद्ध नहोस भन्नेमा कांग्रेस सधै सजग रहने बताए।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम