पोखरा,१० पुस। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस सुधारको अभियान अघि बढाउने बताएका छन्।
पार्टीलाई सुधार्नका लागि सवै लाग्नुपर्नेमा उनले जोड दिए। काँग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन् उनले भने –‘पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु।’
नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले सोमबार आयोजना गरेको कार्यक्रममा उनले विधानअनुसार चल्न नसक्दा कमजोर नतिजा ल्याएको भन्दै चिन्ता व्यत्त गरे।
काँग्रेसले आफ्नो सरकारका पालामा गरेका राम्रा कामलाई प्रचारप्रसार गर्न नसक्दा कमजोर नतिजा आएको उनको भनाई छ।
उनले समानुपातिकमा प्राप्त मतले पनि काँग्रेसप्रतिको जनताको मोह घटेको छैन भन्ने प्रमाणित गरेको उल्लेख गरे।
उनले विकासप्रति जनताले नेताको मुखमात्र ताक्नुभन्दा पनि नेताहरूलाई दबाब दिनुपर्ने बताए।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व