पोखरा, ९ पुस। स्वास्थ्य क्षेत्रका एक चर्चित व्यत्तित्व डा उपेन्द्र देवकोटा। धेरै विरामीलाई उनले आफुमा रहेको सिप र क्षमताको प्रयोग गरी बचाए। तर यतिबेला ६३ वर्षिय डा देवकोटा आफै बिरामी परी थलिएका छन्। शुभचिन्तकले उनको चिन्ता मात्र गरिरहेका छैन उनको शिघ्र स्वास्थ्य लाभका कामना पनि गरेका छन्।
नेपालका उत्कृष्ट न्युरो सर्जनका रुपमा परिचित डा देवकोटाको बेलायतस्थित किग्ङस कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ।
उनलाई के भएको हो भन्ने बारे यकिन हुन नसकेपनि स्वास्थ्य अवस्था गम्भिर रहेको छ। उनै डा देवकोटाको शिघ्र स्वास्थ्यलाभको कामनागर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्वलन गरिएको छ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल र उनको श्रीमती सरला रिजालको अग्रसरतामा दीप प्रज्वलन गरिएको हो। दीप प्रज्वलनमा स्वास्थ्य क्षेत्रका र उनका शुभेच्छुक सहभागि थिए।
डा रिजालले एसियाकै वरिष्ठ न्युरो चिकित्सक अस्वस्थ भएको खबरले चिन्तित बनाएकाले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गरिएको बताए।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम
प्रस्तावित शिक्षा विधेयक शंसोधन गर्न निजी विद्यालय संगठनको माग