पोखरा, ७ पुस । अज्ञात समूहले शुक्रबार जिल्ला मालपोत कार्यालय सिरहामा बम बिस्फोट गराउँदा तीन जना घाइते भएका छन्।
दिउँसो दुई बजे गराइएको विष्फोटमा परी पवन पासमन, राजकुमार पासमन र रोसन पासमन घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । बिस्फोटका कारण मालपोत कार्यालयमा पनि क्षति पुगेको छ। घटनापछि सिरहा तनावग्रस्त बनेको छ।
घटना पछि सिरहा सदरमुकाम सिरहामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाका बारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।
बिष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। बिस्फोट गराइएको मालपोत कार्यालय टाँसिएकै दक्षीण प्रमुख जिल्ला अधिकारीको बंगला छ। जहाँ चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीको बाक्लो पहरा हुन्छ।
Related News
सम्बन्धित समाचार
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा
पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु