पोखरा, ७ पुस। नेपाल टेलिकमले विन्टर अफर मार्फत विभिन्न सेवा सुविधामा छुट दिने भएको छ।
आजबाट लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसका रुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
डाटा स्ट्रिमिङ, प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ ।
जसअन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध हुनेछ ।
यस्तै ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय ५० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउनेगरी १ सय ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
एक सय २० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा र पाँच दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ । यस्तै जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ ।
यो प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिन जनाइएको छ । विन्टर नाइट डाटा प्याकअन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १ सय २० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १ सय २० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ ।
यस्तै ६० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी ७ सय एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउने गरी ७ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ ।
१ सय २० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६ सय एमबी डाटा र सात दिनसम्म उपभोग गर्न पाउने गरी १६ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
सफलता उन्मुख लेखनाथ महोत्सव
एन प्याव्सन कास्कीको २६ औं स्थापना दिवस (सम्मानित शिक्षक कर्मचारीहरुको नामवली सहित)
Archives
Archives