अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ ।
यो नियुक्तिसगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन् ।
यस नियुक्ति सम्बन्धमा शर्मासँग बिस्तारमा जानकारी लिन खोज्दा भाषा विज्ञको रूपमा नियुक्ति लिएको तर त्यस बाहेक अरू जानकारी दिन नमिल्ने बताए।
तस्बिर सौजन्य :बिमल नेपाल
परिवारले पनि सम्पर्क गर्दा यो राजनीतिक नियुक्ति नभई जागिरे नियुक्ति भएको र त्यस भन्दा बढी जानकारी आफूलाई नभएको बताए ।
अमेरिकी नेपाली समुदायबीच एक असल तथा स्वतन्त्र छबी बनाएका शर्माले करिब डेढ़ वर्षदेखि नेपाली समुदाय माझ आफू र आफ्नी छोरी सुकृती शर्मासँग संयुक्त रूपमा संचालन गर्दै आइरहेको ‘अमेरिकी सम्बाद’ नामक टेलिभिज़न कार्यक्रम समेत रोकेका थिए।
शर्माले नेपालमा हुदा दी राइजिगं नेपाल अंग्रेज़ी दैनीकमा उप-सम्पादकको रूपमा सात वर्षसम्म सेवा गरी अमेरिकामा आए पछि दी वासिंगटन पोष्टमा करिब छ वर्षसम्म काम गरेका थिए।
त्यसपछि उनले वासिगंन डीसीस्थित न्याय बिभागमा भाषा शास्त्रीको रूपमा क़रिब पाँच वर्षसम्म काम गरे।
शर्मा नेपाल अमेरिका पत्रकार सघं(नेजा )का पूर्व अध्यक्ष पनि थिए। उनले सन् २०१५ देखि भर्जीनियाको फेयरफ्याक्स स्टेशनस्थित दूर्गा मन्दिरमा नवदुर्गा नेपाली पाठशाला स्थापना गरी निरन्तर सञ्चालनमा ल्याएका छन्।
सुरूका दिनमा शर्मा र उनकी श्रीमती सोना लामिछाने लगायत अन्य अभिभावकहरूको संयुक्त शिक्षणबाट बालबालिकाहरू लाभान्वित थिए।
हाल अर्का शिक्षक हरीकृष्ण पुडासैनिसँगै शर्माले हरेक आइतबार बिहान केटाकेटीहरूलाई नेपाली भाषा, संस्कृति पढाउँछन ।
स्रोत ः अनलाइनखबर
Related News
सम्बन्धित समाचार
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा
पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु