पोखरा,५ पुस। पहिलोपटक नेपालले विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई मापन गर्ने भएको छ।
सगरमाथा विश्वकै सर्वोच्च शिखर भएको तथ्य सार्वजनिक भएको वर्षाै पुगिसकेपनि नेपालले अहिलेसम्म उचाई मापन गरेको थिएन।
नापी विभागले नेपालको मापनमा कुनै पनि किसिमको प्रश्न चिन्ह खडा नहोस् भन्ने उद्देश्यले अन्र्तराष्ट्रिय विज्ञ समेतको परामर्श र संलग्नतामा सगरमाथाको उचाइ नाप्ने तयारी गरेको जनाएको छ।
उचाइ मापन गर्न कम्तिमा २२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। अर्थ मन्त्रालयले भने नापी विभागलाई चालू आर्थिक वर्षको बजेटमा २ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ।
सगरमाथाको उचाई नाप्न करीब दुई वर्ष लाग्ने छ। सो कार्यका लागि प्रत्यक्ष रुपमा ८० जना प्राविधिक खटिने छन् ।
यसअघि १ सय ७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाई मापन गरी आठ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो। तर पछिल्लो समय सगरमाथाको उचाईबारे विभिन्न संघसंस्थाले फरक विवरण सार्वजनिक गर्दै आएका थिए।
अन्तर्रा्ष्ट्रिय समुदायले नेपालद्वारा गर्न लागिएको उचाई मापनलाई विशेष चासोका साथ हेरेको छ । नापी विभागका सूचना अधिकारी अनिल मरासिनिले भुकम्पका कारण नेपालको लेबलिङ गरिएको सतह बिग्रिएका कारण भारतको लेबलिङलाई आधार मानेर सर्वेक्षण गर्नुपर्ने बताए।
एक साताअघि राजधानीमा भएको सगरमाथाको उचाई मापनको विषयमा केन्द्रित गोष्ठीमा सहभागी विभिन्न देशका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता र विज्ञहरुले आफूहरुले विशेष चासोका साथ नेपालको गतिविधिलाई हेरिरहेको बताएका थिए ।
Related News
सम्बन्धित समाचार
जनकपुरमा माघको २५ देखि लाटोकोसेरो तथा हुचील उत्सव हुने
टीकाराम बाँस्तोला स्मृतिमा राष्ट्रिय प्रतिभा सम्मान
१३ औं पोखरा महोत्सव सम्पन्न
कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस