श्रीमतिको हत्या आरोपमा पक्राउ

Avatar राष्ट्र न्यूज सम्वाददाता
पौष ३, २०७४
download-10122017015113-1000×0

महेश्वर चामलिङ राई

उदयपुर- श्रीमतिको हत्या आरोपमा यहाँका एक पुरुष सोमबार पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारकी ४२ वर्षीया गीता भन्ने गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आईतबार बिहान घरमै झुण्डिएर मृत अवस्थामा फेला परेकी दाहालको श्रीमान्बाटै हत्या भएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। माईती पक्षले श्रीमानकै कर्तव्यका कारण बहिनीको ज्यान गएको भन्दै उजुरी दिएको आधारमा दाहाललाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए।

घटनाको दुईदिनअघि मात्र महिलामाथि घरेलु हिंसा भएको उजुरीका आधारमा प्रहरी टोली खटाएको उनले बताए। प्रहरी पुगेर पारिवारिक झगडा मिलाएर फर्केको दुईदिनपछि नै महिलाको मृत्यु हुनुले आशंका जन्माएको बताए।

माईतीपक्षले हत्या नै हो भनेर जिकिर गरेका कारण दाहाललाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ । एसपी भट्टका अनुसार दाजु ओमराज राउतलगायत माईती पक्षले वर्षौंदेखि चेलीमाथि अत्याचार हुदै आएको हुनाले कर्तव्य ज्यान हुनसक्ने भन्दै कारबाहीको माग गरेका छन्।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

  • लागूआौषधसहित युवक पक्राउ

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन २२, २०७७
    पोखरा,२२ फागुन । प्रहरीले लागूआौषधसहित एक युवकलाई पक्राउ गरेको छ । पर्वत कुश्मा नगरपालिका वडा ३ बडागाँउ बस्ने २२ वर्षीय…
  • ७५ औ स्थापना दिवसमा ट्रेड युनियन काँग्रेस मानव सेवा आश्रममा

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन २१, २०७७
    पोखरा, २१ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसले शुक्रबार ७५ औं स्थापना दिवस मनाएको छ । ट्रेड युनियनका जिल्ला शाखाले…
  • घाँस काट्ने क्रममा गैंडाको आक्रमण, विकको मृत्यु

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन २०, २०७७
    पोखरा, २० फागनु । गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गैडाको आक्रमणबाट नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका–१२ नयाँबेलाहानीकी ४४…
  • बढ्दै सम्बन्धविच्छेद

    Avatar रासस फागुन २०, २०७७
    गलकोट, २० फागुन (रासस) । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र…
  • भोकै छन् राउटे

    Avatar रासस फागुन १९, २०७७
    कर्णाली, १९ फागुन (रासस)। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि…