टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिता आज सुरु हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हुने उद्घाटन खेलमा आज काठमाडौं किंग्स् ईलेभेन र ललितपुर पेट्रियट्स बीच प्रतिस्पर्धा हुनेछ । विहान ११ बजे पछि सुरु हुने खेलमा काठमाडौं सोमपाल कामी र ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छन् ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने खेलमा ६ टोली सहभागी छन् । काठमाडौं र ललितपुर बाहेक शक्ती गौचनको कप्तानीमा पोखरा राईनोज्, दिपेन्द्र सिंह ऐरीको कप्तानीमा चितवन टाईगर, शरद भेषावकरको कप्तानीमा भैरहवा ग्लाडियटर्स र पारस खड्काको कप्तानीमा विराटनगर वारियर्स सहभागी छन् ।
सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगीताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
टाइगर कप भलिबल ः विभागिय टोलीहरुको बर्चश्व
शिक्षकलाई खेलकुदको तालिम दिन क्लबसँग गण्डकी विश्वविद्यालयको सम्झौता
फ्रान्स विश्वकपको सेमिफाइनलमा
विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा
नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने