प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
शनिबार आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सुनसरी र सर्लाहीका केही निर्वाचनमा गणना जारी रहेको जानकारी दिएको छ । आयोगका अनुसार शनिबार साँझसम्म ९४ लाख ९८ हजार २ सय ७१ मत गणना सकिएको छ ।
प्राप्त परिणाम अनुसार नेकपा एमाले ३१ लाख ६० हजार ९४५ मत, नेपाली कांग्रेस ३१ लाख १० हजार २२५, माओवादी केन्द्र १२ लाख ९५ हजार ७११, संघीय समाजवादी फोरम नेपालले ४ लाख ६८ हजार ३९९ र राष्ट्रिय जनता पार्टीले ४ लाख ६८ हजार ३४६ मत प्राप्त गरेका छन् ।
एमाले र कांग्रेसबीचको मतान्तर ५० हजार ७२० रहेको छ ।
यसैगरी विवेकशील साझा पार्टीले २ लाख १२ हजार २९३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार १८६, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार २ सय १२, नयाँ शक्ति पार्टी, नेपाल ८१ हजार ४२६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत प्राप्त गरेका छन् ।
नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरुले ३ लाख ५४ हजार ४०५ मत पाएका छन् ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने