काठमाडौँ – एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ।
थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो। जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो। जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।
म्यानमारलाई सानो योगफलमा समेट्ने क्रममा नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले चार÷चार विकेट लिए । जोशीले तीन ओभरमा दुई मेडन राखि मात्र एक रन खर्चे। थापाले तीन ओभरमा चार रन मात्र दिए । विशाल विक्रम केसीले एक विकेट लिए।
ब्याटिङतर्फ म्यानमारका हियन अयुङले सर्वाधिक ३ रन बनाए।
नेपालका कप्तान रित गौतम र तृतराज दासले ९९ रनको साझेदारी गरे। गौतमले ७८ बलमा १२ चौकाको मद्दतमा अविजित १०६ रन बनाए। दासले २९ बलमा तीन छक्का र सात चौका प्रहार गरी ६४ रन जोडे। विशाल विक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास ऐरले १७ रनको योगदान दिए।
नेपालले यसअघि थाइल्याण्डलाई पहिलो खेलमा १३३ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा हङ्कङलाई चार विकेटले हराएको थियो।
स्रोतः नागरिकन्यूज
Related News
सम्बन्धित समाचार
१४ औ नेशनल प्याव्सन खेलकुद महोत्सवमा फुटबल खेल शुरु
एन प्याव्सनको खेलकुद महोत्सवमा प्रदान गरिने रनिङ शिल्डको अनावरण
१४ औं नेशनल प्याब्सन खेलकुद महोत्सव तयारी, करिव ८५ सय विद्यार्थी प्रतियोगितामा सहभागि हुदै
छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Archives
Archives