धेरै मानिसहरूलाई कुकुर पाल्ने सोख हुन्छ । कुनै कुकुर हजारौं रुपैयाँमा पाइन्छन् भने कुनै चाहिँ लाखौंमा ।तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ ।
भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको थियो । त्यहाँ ४० प्रजातिका २०० भन्दा बढी कुकुरले भाग लिएका थिए । तर सबैको आँखा तिब्बती मास्टिफमा गड्योयसको मूल्य अन्तर्राष्ट्रिय बजारमा २४ देखि ४८ करोड छ ।
यतिमा त ससानो हवाईजहाज नै किन्न सकिन्छ । डग शोमा करोडौं मूल्यको मास्टिफ दिल्लीबाट ल्याइएको थियो । यो तिब्बती मास्टिफलाई पाल्न पनि महंगो छ । यसलाई चौबीसै घन्टा एसीको चिसो चाहिन्छ । अनि यसलाई प्रत्येक १५ दिनमा स्पा लग्नुपर्छ ।
यसको खाना जर्मनीबाट मगाउनुपर्छ । यो ३२ इन्चको हुन्छ र तौल करीब ७० देखि ८० किलो हुन्छ । यसले बाघ र चितुवा जस्ता जनावरसँग पनि लड्ने क्षमता राख्छ ।
एजेन्सी
Related News
सम्बन्धित समाचार
संगीतबिना पर्यटन अधुरो
उल्लूको भव्य रुपमा अन्तिम संस्कार
पादेको विषयमा विमानभित्रै झडप, त्यसपछि ……
धनी कुखुरा, जोसँग एक करोड अमेरिकी डलर छ, नपत्याए यो पढ्नुस्
आउदै छ ‘भ्यालेन्टटाइन डे’, यसरी प्रपोज गर्दा खेरा जादैन, आजैदेखि तयारी गर्नुस्