पोखरा,२६ मंसिर। पोखराको लक्ष्य ब्याण्ड सांगितिक प्रस्तुतीका लागि मंगलबार भारतको देहरादुन प्रस्थान गरेको छ।
भारतको उत्तराखण्ड देहरादुनमा हुन लागेको हिमुत्सवमा सांगितिक प्रस्तुतीका लागि त्यसतर्फ प्रस्थान गरेको हो।
ब्याण्डका मेनेजर धिरज गुरुङ नेतृत्वमा रहेको टोलीमा रञ्जन गायक, विवेक गायक, पुष्कल गायक, समिर गायक, सुदिप गायक र अशोक गायक सहभागि छन्।
नेपालको एएमपीपी मिडिया र देहरादुनको सिग्नेचर इभेण्टले गर्न लागेको हिमुत्सवमा नेपाल र भारतकोतर्फबाट आआफ्ना देशका मौलिक संगितहरु प्रस्तुत गरिनेछ।
मंसिरको २८ देखि ३० गतेसम्म हुने हिमुत्सवमा देहरादुनका उच्च पदस्थ र प्रतिष्ठित व्यत्तित्वहरु सहभागि हुने बताइएको छ।
देहरादुनमा नेपालको मौलिक संगित प्रस्तुतीका लागि जान पाउँदा उत्साहित छौं लक्ष्य ब्याण्डका मेनेजर धिरज गुरुङले भने – ‘यसले दुई देशबीचको सम्वन्धलाई समेत प्रगाढ बनाउने छ।’
नेपाली मौलिक संगितको प्रवद्र्वनका लागि समेत हिमुत्सव महत्वपूर्ण अवसर भएको उनको भनाई छ।
त्यहाँ उनीहरुले नेपाल र भारतको मौलिक संगितका बारेमा अनुभव आदानप्रदान गर्ने छन्।
कार्यक्रममा लक्ष्य ब्याण्डको तर्फबाट झण्डै २५ वटा नेपाली संगित प्रस्तुत गरिनेछ। पोखरामा रहेर परम्परागत मौलिक बाजाहरुको माध्यमबाट नेपाली संगितको प्रवद्र्वनमा योगदान पु¥याउने उदेश्यले चार वर्ष अघि लक्ष्य ब्याण्ड स्थापना भएको थियो।
Related News
सम्बन्धित समाचार
बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए