एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आयोजक थाईल्याण्डबिरुद्ध शानदार जित हात पारेको छ ।
१ सय ८० रनको चुनौती पच्छ्याएको थाईल्याण्डलाई १९ दशमलव ३ ओभरमा ४६ रनमा समेट्दै नेपालले १ सय ३३ रनको फराकिलो जित हात पारेको हो । नारायण जोशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट चट्काएपछि घरेलु टोलीले लज्जास्पद हार ब्योहोरेको हो ।
सुर्य तामाङले २ तथा बिशाल बिक्रम लामा र निखिल कुमार सिंहले एक/एक विकेट हात पारे । उसका एक ब्याट्सम्यान रन आउट भएका थिए ।
नेपाली बलरसामु निरिह बनेका थाईल्याण्डका एक पुछारका एक ब्याट्सम्यान बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । उसका ४ ब्याट्सम्यान खातै नखोली पभेलियन फर्किएका थिए ।
यसअघि बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभर सकिन २ बल अगावै १ सय ७९ रनमा समेटिएको थियो । तृतराज दासले ३९ रन बनाएको नेपाली ईनिङसमा कुशल मल्लले २४ र सुनिल भण्डारीले २३ रन जोडे । नेपालका ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर नछुदै पभेलियन फर्केका थिए ।
नेपालले दोस्रो खेलमा भोली हङकङको सामना गर्नेछ । समुह चरणको अन्तिम खेलमा नेपालले आगामी बिहिबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । ८ राष्ट्र सहभागी प्रतियोगीता राउन्ड रोविन लिगका आधारमा हुनेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
स्रोत ः इकान्तिपूर
Related News
सम्बन्धित समाचार
पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल खेल सकियो
युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रा तर्फ अमरसिंह र छात्र तर्फ बाराही प्रथम
पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व
भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन
Archives
Archives