काठमाडौँ – नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो। नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा लिइएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपाने निर्वाचनलाई स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागेको बताउँछन्। “निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएका छौँ,”, उनले भने।
नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ। प्रवक्ता न्यौपानेले पहिलो चरणमा निर्वाचन भएका जिल्लाबाट पनि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा प्रहरी टोली खटाइसकेको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
सफलता उन्मुख लेखनाथ महोत्सव
एन प्याव्सन कास्कीको २६ औं स्थापना दिवस (सम्मानित शिक्षक कर्मचारीहरुको नामवली सहित)
Archives
Archives