पोखरा, ११ मंसिर। प्रथम नेपाल आइडल बुद्ध लामा माघ ४ गते पोखरा आउने भएका छन्।
बैदाम तामाङ्ग समाजको सम्मान ग्रहणका लागि उनी पोखरा आउँने हुन्। तामाङ्ग समाजले २८५४ औं सोनाम ल्होसारको अवसरमा गर्न लागेको ल्होसार म्युजिकल फेस्टिभल तथा तेस्रो मिस तामाङ्ग प्रतियोगीताको फिनालीमा उनलाई सम्मान गरिने संस्थाका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिए।
पोहोर भन्दा यस वर्षको प्रतियोगीता फरक हुने तामाङ्गले बताए । यस पटक हामीले देशभर बाट प्रतियोगीहरुलाई लिएका छौं, उनले भने । प्रतियोगिताका लागि पोखरा, काठमाण्डौं तथा देशका अन्य भागबाट तामाङ्ग समुदायका १८ जना युवतीहरुको सहभागिता रहनेछ ।
समुदायमा रहेका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति आकर्षण बढाउन तथा जातिय संस्कार संस्कृति हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ्ग पोखरा आयोजना गरिएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताए।
प्रतियोगीता सौन्दर्य प्रतियोगिता मात्रै नभई तामाङ्ग संस्कार र संस्कृतिको प्रबद्र्धन हेतु गर्न लागिएको हो, उनले भने ।
प्रतियोगीहरुलाई डेढ महिना लामो तामाङ्ग भाषा संस्कार र संस्कृति तथा व्यत्तिव विकास सम्बन्धी तालिम छ। बिजी बि क्याफे लेकसाइडमा तालिम शुरु भएको प्रतियोगिता संयोजक मोक्तानले बताए ।
Related News
सम्बन्धित समाचार
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु
लाहाचोकका आमाहरुलाई सम्मान