पोखरा, ११ मंसिर। अचेल सुनिन्छ जताततै काँग्रेस प्रवेशको लहर। बाम गठबन्धन बनेसँगै एमाले र माओवादीका नेता तथा कार्यकर्ता धमाधम काँग्रेस प्रवेश गरिरहेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी ओली देश दौडाहामा निस्केर बामगठबन्धलाई भोट मागिरहदाँ उनकै गृह जिल्लामा एमाले लगायतका दल छाडेर ठूलो समूह काँग्रेस प्रवेश गरेको समाचार छ।
झापाबाट प्राप्त जानकारी अनुसार, झापा शिवसतासीको वडा नम्वर ८ मा नेकपा एमाले लगायतका पार्टी परित्याग गरि चार सय बढी नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।
नव प्रवेसिर्लाइ झापा ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार देउमान थेबे र प्रदेससभाका उम्मेदवार किरन भट्टराईले सदस्यता र चुनाव चिन्ह वितरण गरी काँग्रेस प्रवेश गराए ।
उता झापामा आफ्नै कार्यकर्ताले ओलीको हात छाडिरहका बेला चुनावी आमसभालाई सम्वोधन गर्न नेपालगञ्ज पुग्दा उनलाई विद्युतले साथ दिएन।
करिव पौने ६ बजेतिर बर्दियाको चुनावी सभालाई सम्बोधन गरी नेपालगन्ज पुगेका पुर्वप्रधानमन्त्री ओलीलाई आयोजकले सुरुमै बोल्न लगाए।
उनले भाषण सुरु गरेको केहीबेरमै बिद्युत अवरुद्ध भयो। त्यसपछि प्रहरीले टर्च बालेर उनलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्यो। बिद्युत अवरुद्ध भएर अन्धकार बनेपछि उनी सम्बोधन बीचमै रोकेर हात हल्लाउँदै बाहिरिए ।
झापामा आफ्नै कार्यकर्ता र नेपालगञ्जमा विद्युतले ओलीलाई साथ दिएन।
Related News
सम्बन्धित समाचार
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा
पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु