कठमाडौं– आइसीसी महिला टि– २० विश्वकप छनोट एसियामा तेस्रो स्थानको लागि भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ ।
नेपालले १९.५ ओभरमा हङकङलाई ५८ रनमै अलआउट गरेको थियो । नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् ।
टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाएकी थिइन् ।
नेपालले समूहमा ६ अंक बनाउदै तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । थाइल्याण्ड र यूएई ९ र ८ अंक बटुल्दै क्रमशः पहिलो र दोस्रो स्थान बनाउँदै ग्लोबल क्वालिफार्यसमा छनोट भएका छन् ।
त्यस्तै हङकङ र मलेसिया ५ र २ अंक बटुल्दै समूहमा क्रमशः चौथाँ र पाचौँ स्थान बनाए । चीनले भने सबै खेल पराजित हुँदै अंकको पुच्छारमा रह्यो ।
स्रोत ः नागरिक न्यूज
Related News
सम्बन्धित समाचार
ह्विलचेयर बास्केटबल प्रतियोगितामा महानगर टीम प्रथम
लुम्बिनी विकास बैंक अरण्यज्योति कप हुने
‘खेलकुद र ध्यान’ विषयक कार्यशाला
नेपाल ट्रायथोलन सङ्घ प्रादेशिक संरचनामा, गण्डकीको अध्यक्षमा सुमन
वडाध्यक्ष बराल जोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा