पोखरा, १० मंसिर। प्रदेश र प्रतिनिधिसभा अन्तरगत पहिलो चरणमा ३२ जिल्लामा आज निर्वाचन हुदैछ।
प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो।निर्वाचन आयोगका अनुसार, पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
आइतबार ३१ लाख ९१ हजार नौ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्न पाउँने छन्।
जसका लागि दुई हजार नौ सय १९ मतदान स्थलमा चार हजार चार सय ६५ मतदान केन्द्र राखिएको छ।
मतदान बिहान सात बजेबाट शुरु हुने छ भने ५ बजेभित्र मतदानस्थलमा छिरिसकेका मतदाताले मत खसाल्न पाउने छन्।
अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा विरामी मतदातालाई प्राथमिकता दिने व्यवस्था मिलाइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्।
प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन नेपाली नागरिकलाई आह्वान गरेका हुन्।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते देखि हुने सोँथर बेँसी टारी बजार मेलाको तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रको विकल्प छैन– महानिरीक्षक कुँवर
प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान