यसको पक्ष र विपक्षमा उक्त राज्यका सांसदहरुबाट दुबै संसदमा मतदान भएको थियो । मतदानमा इच्छामृत्युको पक्षमा बहुमत आएपछि भिक्टोरिया यसलाई कानुनी रुप दिने पहिलो राज्य बनेको छ ।
न्यु साउथ वेल्सको संसदमा समेत यसबारेमा छलफल गरिएको भए पनि यसले सफलता पाउन सकेन । यससम्बन्धि कानुन निर्माण भए पनि यसको उपयोग गर्न भने सहजै पाइने छैन् ।
यो अधिकारको उपयोग गर्न निको नहुने रोग लागेको र जसले सहन गर्न नसक्ने पीडा दिएको हुनुपर्नेछ । उक्त रोगबाट ६ महिनाभन्दा कममात्र बाँच्ने सम्भावना भएको हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।
अर्कोतिर इच्छामृत्युका लागि दुई जना चिकित्सकहरुले बिरामीलाई जाँच अनुसन्धान गरेर प्रक्रियामा सहमती जनाउनुपर्नेछ ।
डाक्टरले सहमती जनाएर औषधि सिफारिस गरेपछि मात्र फार्मेसीबाट यस प्रक्रियाको औषधि खरिद गर्न पाइनेछ ।
इच्छामृत्यु चाहने ब्यक्ति कम्तिमा पनि १८ बर्षभन्दा माथिको हुनुपर्नेछ भने यही राज्यमा १ वर्षदेखि बसोबास गरेको हुनुपर्नेछ ।
स्रोत ः कान्तिपूर
Related News
सम्बन्धित समाचार
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’
शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन