पोखरा, ८ मंसिर । पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नेकपा एमाले कास्कीको पार्टी कार्यालय नजिकै शुक्रबार साँझ बम बिस्फोट भएको छ।
बिस्फोटमा परी धादिङ घर भएका सन्तोष सिंखडा घाइते भएका छन्। प्रहरीका अनुसार, सेतो गाडीमा आएको अज्ञात समूहले प्रेसर कुकर बम बिस्फोट गराएको हो। बिस्फोटक पदार्थ राख्ने बित्तिकै पड्केको थियो।
पोखरामा बाम गठबन्धनले भोलि शनिवार आयोजना गर्न लागेको चुनावी आमसभालाई प्रभावित गर्ने उदेश्यले बम बिस्फोट गराइएको अनुमान गरिएको छ। यद्यपी बम कसले र किन बिस्फोट गरायो भन्ने बारेमा केहि खुलेको छैन।
बम विस्फोट हुँदा आसपासका घरहरुमा सामान्य क्षति पुगेको छ। स्थानीयका अनुसार, घरका सटर कुच्चिएका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बिस्फोटमा संलग्नको खोजी भइरहेको बताए।
अहिले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। शहरी क्षेत्रका चोक÷चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी चेकजाच बढाइएको छ।
Related News
सम्बन्धित समाचार
सधै जसो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तालाबन्दी
पोखराको पार्किङ बारे व्यवसायीले के भने ?
काँग्रेससहित चार दल पोखरा महानगरपालिकामा, पार्किङ शुल्क रोक्न माग
पोखरा भाँडा व्यवसायी संघमा नयाँ कार्यसमिति, अध्यक्षमा आचार्य
काँग्रेस सभापति देउवा पर्वत जादंै, शहिद हरिदत्त स्मृति भवन उद्घाटन गर्ने