नेता हुने रहरले खुसी लुटियो : बिना मगर

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ७, २०७४
Bina-Magar-1-715×640

काठमाडौ- हृदयघातका कारण अल्पायुमै निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालकी कान्छी श्रीमती बिना मगरआफू निर्वाचनमा उम्मेदवार नभएको भए पतिको मृत्यु नहुने थियो भन्दै बेलाबेलामा मुर्छा पर्ने गरेकी छन् ।

संघीय प्रतिनिसभामा कञ्चनपुर–१ बट उम्मेदवार रहेकी बिना चुनावी प्रचारका सिलसिलामा जिल्लामै व्यस्त रहेका बेला प्रकाशको ३ मंसिरमा निधन भएको थियो । हृदयघात भएका बेला प्रकाशसँग लाजिम्पाट निवासमा आमा सीता र दुई भान्जी मात्र थिए ।

समवेदना प्रकट गर्न आउने गरेकाहरुसँग बिनाले चुनावमा उम्मेदवार बनेका कारण प्रकाशलाई गुमाउनुपरेको भन्दै पछुतो मान्ने गरेकी छन् ।उम्मेदवार नभएको भए प्रकाशलाई बिरामी भएका बेला स्याहार गर्न सक्ने र हृदयघात भएकाबेला समयमै अस्पताल लान सकिने भन्दै उनले पछुतो मानेकी हुन् ।

प्रकाशको निधन भएको भोलिपल्ट समवेदना प्रकट गर्न गएका एमाले कञ्चनपुरका अध्यक्ष एवं प्रदेशसभा उम्मेदवार तारालामा तामाङ र एमाओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सरल भाटलगायतका नेतासँगको भेटमा बिनाले प्रकाशको निधन हुनुमा आफ्नो दोष रहेको बताइन् ।

‘म चुनाव नलडेको भए प्रकाशलाई अल्पायुमै गुमाउनुपर्ने थिएन’, बिनाको भनाइ उद्धृत गर्दै तामाङले भने, ‘मलाई चुनाव उठेकामा जिन्दगीभर नबिर्सने गरी पछुतो भएको छ ।’ स्रोतका अनुसार प्रकाशको निधनले विछिप्त बनेकी बिना चुनाव हाप्ने मनस्थितिमा समेत पुगेकी थिइन् ।

तर, परिवार र पार्टी नेता कार्यकर्ताको आग्रहपछि उनी चुनाव प्रचारमा जान तयार भएकी छन् । नेता भाटले बिना एक÷दुई दिनमै चुनाव प्रचारका लागि जिल्ला आउने बताए ।

साभार: काठमाडौ टुडे

Related News

सम्बन्धित समाचार

  • नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो

    रासस असाेज २४, २०७८
    काठमाडौं, २४ असोज (रासस)।नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण…
  • टेलिकमको एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु

    राष्ट्र न्यूज सम्वाददाता असाेज २१, २०७८
    पोखरा, २१ असोज । नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु भएको छ। नेपाल टेलिकम पोखराका…
  • सिग्देललाई मातृ शोक

    राष्ट्र न्यूज सम्वाददाता भाद्र ३०, २०७८
    पोखरा, ३० भदौ । पूर्व कर्मचारी सेवा परिषद् कास्कीका पूर्व अध्यक्ष कृष्णकान्त सिग्देललाई मातृ शोक परेको छ । उहाँकी ममतामयी…
  • उपसभापतिमा अधिकारीको उम्मेद्वारी

    राष्ट्र न्यूज सम्वाददाता भाद्र २५, २०७८
    पोखरा, २५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका कृष्ण प्रसाद अधिकारीले उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ…
  • खम्बाबाट खसेर निखिलको मृत्यु

    रासस भाद्र १९, २०७८
    ओखलढुङ्गा, १९ भदौ (रासस) । विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको…