पोखरा, ७ मंसिर। निर्वाचनको मिति नजिकिदै गर्दा देशका विभिन्न स्थानमा बम आतंक बढेको छ।
निर्वाचन विथोल्न चाहने समूहले बम आतंक बढाएको अनुमान गरिएको छ। केहि दिन यता जनजीवन आतंकित पार्नेदेखि उम्मेदरवारलाई समेत लक्षित गरी बम आक्रमण बढ्दै गइरहेको छ।
निर्वाचनको समय आउन तीन दिन मात्र बाँकी रहदाँ विभिन्न जिल्लामा बम विस्फोट हुने र भेट्टिनेक्रम बढिरहेको छ ।
बिहीबार मात्र दोलखा, नुवाकोट, पाँचथर र इलाममा बम भेटिएको समाचार प्राप्त भएको छ।
दोलखाको चरिकोटस्थित सातदोबाटोमा काँग्रेसले आयोजना गर्न लागेको चुनावी सभालाई लक्षित गरी बम राखिएको छ।सभास्थलभन्दा एक किलोमिटर पर ध्यावापानीमा सकेट बम फेला परेको थियो।
उता नुवाकोट जिल्ला निर्वाचन कार्यालय नुवाकोटको प्राङ्गणमा पनि बम भेटिएको छ। प्रहरीको सहयोगमा नेपाली सेनाको टोलीले सुरक्षित रुपमा बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ।
नुवाकोटकै किस्पाङ गाँउपालिका वडा नं २ फिकुरीको ताजीमा गएराती प्रेसरकुकर बम विस्फोट भएको छ।
त्यसैगरी, पाँचथर र इलामको सीमाना इम्रिङ भन्ने ठाँउमा पनि बम भेटिएको छ।केही दिनअघि मेची राजमार्गको चतुरे बजारमा बम भेटिएको थियो ।
त्यसको एक साता अघि फिदिम बजारमा बम भेटिएको थियो।
निर्वाचन नजिकिदै गर्दा सुरक्षा निकायले भने सुरक्षा व्यवस्था कडाई गरेको बताइरहेको छ।
Related News
सम्बन्धित समाचार
नेपाली कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात
दुर्घटनामा एकको मृत्यु, चार घाइते
कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू
काँग्रेस सभापति देउवाद्वारा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेकोमा स्वागत
१० लाख अवैध भारतीय रुपैयाँसहित खान पक्राउ