काठमाडौं, ५ मङसिर । नेपाली जनसम्पर्क समिति जापानका उपसभापति एवम् महाधिवेशन प्रतिनिधि राजेन्द्र जमरकट्टेल नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिको सदस्य पदमा नियुक्त भएका छन्।
विद्यार्थीकालदेखिनै राजनीतिमा क्रियाशील सहिदपुत्र जमरकट्टेल जापानदेखि आएर हाल चुनावी प्रचारप्रसारको अभियानको सिलसिलामा तनहुँ र चितवनका विभिन्न निर्वाचन क्षेत्रमा सक्रिय छन् ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन २०७४ को निर्वाचन हुन लागेकोले काँग्रेसको प्रचार अभियालनाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय सदस्य गगनकुमार थापाको संयोजकत्वमा गठित सो उपसमितिको सदस्यमा जमरकट्टेललाई जिम्मेवारी दिइएको पार्टीका मूख्य सचिव कृष्प्रसाद पौडेलले बताउनुभयो ।
‘तराई, मधेश, पहाड र हिमाललाई एकताको सुत्रमा आवद्ध गर्ने अभिभारा काँग्रेसले मात्र पुरा गर्न सक्छ, यो महान अभियानमा तपाईले ऐतिहासिक भूमिका निर्वाह गर्नुहुनेछ,’ जमरकट्टेललाई दिइएको पत्रमा उल्लेख छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको महत्वपूर्ण निर्वाचनको क्रममा पार्टीले आफूलाई सम्झेर महत्वपूर्ण जिम्मेवारी दिइएकोमा आभार प्रकट गर्दै पार्टीका उम्मेदवारलाई जिताउन सक्दो सहयोग गर्ने महाधिवेशन प्रतिनिधि जमरकट्टेलले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives