कास्की (सिक्लेस), ४ मंसिर। कास्कीको सिक्लेसमा स्थानीयले काँग्रेस उम्मेदवारको भव्य स्वागत गरेका छन्।
स्थानीयले स्वतस्फूर्त रुपमा उम्मेदवारलाई फुल, माला अबिरले स्वागत गरेका थिए। स्थानीयले लगाइदिएको मालाले उम्मेदवार पुरिएका थिए।
मादी गाउँपालिकामा पर्ने यो गुरुङ वस्तीमा चुनावी प्रचारकालागि पुगेका काँग्रेसका उम्मेदवारहरु यज्ञबहादुर थापा, कृष्ण केसी र रसकुमारी गुरुङलाई सिक्लेसबासीले हृदयदेखि नै स्वागत गर्दा उम्मेदबार निकै उत्साहित बनेका छन्।
मतदातालाई भेट्ने क्रममा मादी गाउँपालिको खतेडाँडा, भेडीखर्क, तप्राङ, चिप्ली, खिलाङ, पार्चे हुँदै सिक्लेस पुग्दा उम्मेदवारहरु फूलमालाले पुरिएका थिए। सिक्सलेबासिले उम्मेदबारको स्वागतसँगै यसपटक जिताउने वचन समेत दिएका छन्।
न्यानो आतिथ्यता सहित जिताउने आश्वासन पाएका उम्मेदवारहरुले आफूहरु निर्वाचित भएपछि यस क्षेत्रमा विकासको लहर ल्याउने उद्घोषगर्दै पोखरा फर्केका छन्।
यो क्षेत्र कास्कीको निर्वाचन क्षेत्र नं १ मा पर्छ । यसअघि यहि क्षेत्रबाट काँग्रेसका यज्ञबहादुर थापा निर्वाचित भएका हुन्। उनी हाल कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री छन् ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाले काँग्रेसले यो पटक चुनाव नजितेको खण्डमा देश फेरि द्वन्द्वमा फँस्ने र विकासले गति लिन नसक्ने औँल्याए। उनले यो चुनाव लोकतन्त्रवादी र साम्यवादीहरुबीच भएकाले लोकतन्त्र र सम्वृद्वि चाहने जो कोहिले पनि काँग्रेसलाई भोट हाल्नुपर्ने बताए।
प्रदेश सभा ‘ख’ तर्फका उम्मेदवार कृष्ण केसीले काँग्रेसले जित्दा लोकतान्त्रिक व्यवस्थाले जित्ने बताए। काँग्रेससँग त राजनीतिक सम्बन्ध भैहाल्यो। तर यस क्षेत्रका जनतासँग मेरो आत्मियता र सद्भावको सम्बन्ध छ ।’ उनले भने– ‘त्यहि भएर मलाई यसपटक निर्वाचित गराउनु हुनेछ भन्नेमा ढुक्क छु।
त्यस्तै समानुपातिक उम्मेदवार रसकुमारी गुरुङले आफु सिक्लेसकै चेली भएकोले चुनावमा काँग्रेसको पक्षमा भोट हालेर माया दर्शाइ दिन आग्रह गरिन्।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै