पोखरा, २ मंसिर। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ स्थित शितलपथ टोल विकास संस्थाले शनिवार निःशुल्क स्वास्थ्य शिविर गरेको छ।
हाम्रो परिवर्तन नेपाल विद्यार्थी कमिटीको सहकार्यमा आयोजित शिविरमा एक सय ५२ जनाको स्वास्थ्य परिक्षण गरिएको कमिटीका अध्यक्ष शैलेसबाबु बरालले जानकारी दिए।
शिविरमा ईसिजि जाच, प्रयोगशाला, मेडिकल, सर्जिकल, बालरोग, स्त्री तथा प्रसुती र हाडजोर्नी सम्वन्धि सेवा प्रदान गर्नुको साथै निःशुल्क औषधी वितरण गरिएको थियो।
शिविरमा परिवर्तन नेपालका अध्यक्ष डा ढाकाकुमार श्रेष्ठ साथै डा गणेश थापा, डा धिरज जोशी, डा सविन यादव लगायतले उपचार सेवा प्रदान गरेका थिए।
कार्यक्रम शितलपथ टोल विकास संस्थाका अध्यक्ष विन्दु कार्कीको अध्यक्षतामा भएको थियो।
Related News
सम्बन्धित समाचार
पोखरा–४ का अध्यक्ष बास्तोलालाई पोखरा बहुमुखी क्याम्पसको आजिवन सदस्यता
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
पोखरा २१ मा विवेकशील साझा पार्टी
बढ्यो सुनको मूल्य
कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने