पोखरा, २ मंसिर। निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरुलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेर गएको छ।
काँग्रेस नेता डा. रामशरण महत माथि आक्रमण भएको एक दिन नबित्दै पुन काँग्रेसकै अर्का नेतामाथि आक्रमण भएको छ। अज्ञात समूहले काँग्रककै वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि शनिवार आक्रमण गरेको छ।
बरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु नगरपालिका १० नेपाल डाँडामा बम प्रहार भएको बताइएको छ।
करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी बम प्रहार भएको हो। बम प्रहारबाट पौडेल सवार साधनको सिसा फुटेको छ । सवारी साधनमा पौडेल सहित आठ जना सवार थिए। सवार सवै जना सुरक्षित छन्।
चुनावी प्रचारमा व्यस्त रहेका वरिष्ठ नेता पौडेल गोरखाको पालुङटारमा बाबुराम भट्टराई सहितको आम सभालाई सम्बोधन गरी लमजुङ बेशीशहरको आमसभामा सहभागिहुन त्यसतर्फ जादै गरेको अवस्थामा घटना भएको पौडेलसँगै रहेका नेपाली जनसम्पर्क समिति जापानका उपसभापति राजेन्द्र जमरकट्टेलले जानकारी दिए।
बरिष्ठ नेता पौडेल केहिदिन यता चुनावी प्रचारमा व्यस्त रहदै आएका छन्।
Related News
सम्बन्धित समाचार
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?