पोखरा, २ मंसिर। विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने क्रम देशभर जारी छ।
यसैक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ मा कृष्णबहादुर रानाभाटले एमाले र हरिबहादुर रानाभाटले एमाओवादी परित्याग गरे।
काँग्रेस प्रवेश गर्ने दुवैले सवैभन्दा राम्रो पार्टी काँग्रेस भएकोभन्दै काँग्रेसलाई बलियो र शशक्त बनाउन भुमिका निर्वाह गर्ने उल्लेख गरे।
राम्रो पार्टी भनेकै काँग्रेस रहेछ माओवादी परित्याग गरेका हरिबहादुरले भने – ‘राम्रो भएकै कारण नै काँग्रेस संसारभर पपुलर बनेको छ।’
उनले गरिबले पनि ढुक्कसँग दुइचार कुरा राख्न पाउँने पार्टी काँग्रेस भएकोले मनपरेको सुनाए।
अर्का कृष्णबहादुर रानाभाटले एमालेकोभन्दा काँग्रेसको नीति राम्रो लागेकाले एमाले छाडेर काँग्रेस रोजेको सुनाए।
उनीहरु दुवैलाई कानुन मन्त्री एवं नेता यज्ञबहादुर थापा र कास्की जिल्ला सभापति कृष्ण केसीले पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका थिए।
Related News
सम्बन्धित समाचार
छतबाट लडेर एक महिलाको मृत्यु
नेल्टाको आयोजनामा कावासोतीमा खुद्रा विषादी बिक्रेता तथा बिउबिजन सम्वन्धी तालिम शुरु
पृथ्वीराजमार्ग अवरुद्ध
सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको अधिकार सुरक्षित गर्न माग
प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै