‘अमेरिकाको भिसा लागेपनि जान्न’

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २, २०७४
DSC00155

पोखरा,२ मंसिर। दैनिक सैयौ युवा विदेशिएका छन्। विदेशमा गई श्रम गरी पैसा कमाउने युवाहरुको सपना छ।

विदेशकै कुरा गर्दा धेरै नेपालीको सपना अमेरिका हुने गरेको छ। अमेरिकामा जाने कमाउँने र उत्तै जिवन बिताउन चाहनेको संख्या भनिसाध्य छैन।

तर काठमाण्डौ महानगरपालिका वडा नं १३ ताहाचलका युवा निराजन काकी भने अमेरिकाको भिसा लागेपनि नजाने अठोटका साथ व्यवसायमा होमिएका छन्।

१० वर्ष साउदी अरबमा श्रम गरी नेपाल फर्केका उनले भने – ‘विदेश कस्तो रहेछ भन्ने बुझेको छु, अब जे गरिन्छ नेपालमै गरिन्छ, अमेरिकाको भिसा लागेपनि गईन्न।’

उनी साउदी अरबमा मासिक डेढ लाख रुपैयासम्म कमाए पनि स्वेदशमै केहि गर्ने योजनाका साथ फर्केका हुन्। अहिले उनले लुक गुड निटवेयर नामक गार्मेन्ट उद्योगमा लगानी गरी उत्साहका साथ व्यवसायमा होमिएका छन्।

स्वदेशमा नै केहि गर्नुपर्छभन्दै व्यवसायमा होमिएका उनले सवैबाट सहयोगको अपेक्षा गरेका छन्।

Related News

सम्बन्धित समाचार