पोखरा, २९ कात्तिक। पोखराको माछापुच्छे क्रिकेट क्लवले क्रिकेट खेल्नका लागि पहिलो अन्र्तराष्ट्रिय भ्रमण गर्ने भएको छ ।
क्लवले ६ दिने दुबई भ्रमण गर्न लागेको हो । भ्रमणका क्रममा उसले दुबईस्थित आइसीसि ग्राउण्डमा एक तथा आजमानमा एक गरि दुई खेल खेल्ने क्लबका अध्यक्ष दिपेश खत्रीले बताए ।
खत्रीकै कप्तानीमा जान लागेको १२ सदस्यि टोलिका खेलाडीहरुमा रबिन जोशि, सुमन उदय, कबिन सापकोटा, सुनिल गग्गर, सुमन चौलागाई, प्रकाश चन्द ठकुरी, प्रितम दुवाल श्रेष्ठ, आदित्य मल्ल, नबिन कार्की र किरण बुढाथोकी रहेका छन् । टिम म्यानेजरमा विनायक विक्रम थापा रहेका छन् ।
पोखराको कुनैपनि क्रिकेट क्लवले गर्न लागेको यो पहिलो अन्र्तराष्ट्रिय भ्रमण हो । क्लवको अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार तथा खेलाडीहरुलाई अन्र्तराष्ट्रिय भ्रमणमा खेलको अनुभव गराउनका लागि कार्यक्रम गरिन लागेको खत्रीले जानकारी दिए । भ्रमणमा लागि झण्डै १५ लाख खर्च आउने उनले बताए ।
Related News
सम्बन्धित समाचार
खेलकुद पत्रकार मञ्चद्वारा पूर्व अध्यक्ष घलेको स्वागत
पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक
कास्की जिल्ला जिम्न्याष्टिक्स संघको अध्यक्षमा सोमबहादुर
माछापुच्छ्रे ४ मा योजना तर्जुमा
प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगितामा कास्की प्रथम