काठमाडौं, २९ कात्तिक। मुलुक निर्वाचन भइरहेका बेला यसको प्रत्यक्ष प्रभाव सवै जसो क्षेत्रमा परेको पाईछ। निर्वाचनकै कारण विभिन्न क्षेत्रका उताव चढाव देखिन थालेको छ।
निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ । आगामी १० र २१ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो ।
आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर पुगेको छ । डिजेलको दैनिक खपत करिब ३५ सय किलोलिटर छ । सामान्य अवस्थामा पेट्रोलको खपत एक हजार किलोलिटर हो भने डिजेलको तीन हजार मात्र ।
विकास निर्माणका गतिविधि शुरु हुने सिजन यही हो । निर्वाचनको माहोल उत्कर्षमा पुग्दै गर्दा इन्धन खपत पनि बढेको निगमका अधिकारीहरुको भनाइ छ । तर, अहिलेको खपत वृद्धिको मुख्य कारण निर्वाचन नै भएको उनीहरु बताउँछन् ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार गत अक्टोबरमा पेट्रोल खपत ४२ हजार किलोलिटर थियो । सेप्टेम्बरमा ३८ हजार किलोलिटर पेट्रोल खपत भएको थियो । यस्तै, सेप्टेम्बरमा ८५ हजार किलोलिटर खपत भएको डिजेल अक्टोबरमा एक लाख किलोलिटर पुगेको छ ।
निगमका अनुसार अहिले ग्यासको मासिक खपत ३० हजार मेट्रिक टन छ । ग्यासको खपतमा भने उतारचढाव नभएको निगम बताउँछ ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने