मोरङ, २७ कात्तिक।विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण भगत, श्रवणकुमार माझी, अजित माझी, श्यामकुमार माझी, र बिजुली माझी रहेका छन् ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
Related News
सम्बन्धित समाचार
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा
पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु