‘सिंहदरबार बदल्ने संघर्ष’, अब देश बदल्ने संघर्षका लागि लालबाबु चुनावमा

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १२, २०७४
Laal-Babu-Pandit-thumb

राष्ट्रबादी नेता लालबाबु पण्डितको जीवनलाई पुस्तककै रुपमा पढ्न पाईने भएको छ । अब एक हप्ताभित्रै पब्लिकेसन नेपालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘सिंहदरबार बदल्ने संघर्ष’ नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र सार्वजनिक हुने नेपालयले जनाएको हो । पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।

आसन्न प्रतिनिधि सभाकाो चुनावमा लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६ बाट उठ्दैछन् । उनको प्रतिष्पर्धा नेपाली काँग्रेसा नेता डा. शेखर कोईरुालासँग हुनेछ । सामान्य प्रशासन मन्त्री हुँदैमा वाहवाही कमाएका स्वच्छ छविका लालबाबुलाई जनताले जिताउनेमा उनी ढुक्क छन् ।

लालबाबु पण्डित नेपाली राजनीतिमा छुट्टै नाम हो । जो एमालेका पोलिटब्युरो सदस्य रहेपनि कुनै पनि दलमा आबद्ध कार्यकर्ताले उनको विरोध गर्न सक्दैनन् । विरोध गर्छन् त डिभी पिआर पाएर विदेश पलाएन भएपछि पनि सरकारी जागिर खानबाट वञ्चित भएकाहरुले, मधेशमा भूमिपुत्रमाथि हैकम जमाउनेहरुले, भ्रष्टाचार गर्न नपाएकाहरुले । सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्दा शुशिल कोईरालाको मन्त्रीमण्डलमा वाहवाही कमाएका मन्त्री लालबाबु तराईकै भएपनि पहाड हिमालसम्म उत्तिकै चर्चित छन् ।

बहालवाला मन्त्री, सुरक्षा निकायका वरिष्ठ अधिकारीहरु, उच्च ओहदाका कर्मचारीहरु समेत डिभी पिआरधारी रहँदाको बखत उनकै वर्ष दिनसम्मको एकोहोरो ढिपी र अडानले डिभी पिआरधारी सरकारी जागिर र राजनीतिमा अयोग्य हुने ऐन पारित भएको थियो । यसका लागि  ज्यानै गुमाउनुपर्ने धम्कीसँग पनि डराएनन् ।

पूर्वी तराईको अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका राजनीतिज्ञको जीवनीपुस्तक तराईवासीको महान पर्व छठको अवसर पारेर घोषणा गरेको हो। मन्त्री बनेको छोटो समयमा चर्चा कमाएका पण्डित मन्त्रीले कतिसम्म अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण बनेका थिए। आम मानिसका दैनिक सरोकारभन्दा अलिक पर कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालय सम्हालेका पण्डितका नेकपा (एमाले) का नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइ पुस्तकमा समेटिएको नेपालयले जनाएको छ।

‘पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्न थालेपछि परिवर्तनको पाइला आफैंबाट चाल्ने अठोट गरेको थिएँ’ पण्डित भन्छन् ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिताका साथ पुस्तकमा राखेको छु। समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास छ।’

‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’ पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रोकामगरलाई आर्थिक सहयोग

    राष्ट्र न्यूज सम्वाददाता जेठ ९, २०८०
    पोखरा, ९ जेठ । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहनु भएकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप…
  • पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ३१, २०८०
    पोखरा, ३१ वैशाख । स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराको आयोजनामा पहुचयुक्त संरचना र संचार सम्वन्धी अभिमुखीकरण र पहुचयुक्त परीक्षण कार्यक्रम…
  • उपनिर्वाचनको दिन यी सडक बन्द हुने

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ९, २०८०
    पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ । आज…
  • युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ८, २०८०
    पोखरा, ८ वैशाख । पोखराको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै…
  • पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ५, २०८०
    –वासुदेव पौडेल पटना(भारत), ४ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका…