धनगढीका एक पुरुषले श्रीमती तिहारमा माईत पठाएर छोरो मारे र आफू पनि मरे । ४१ वर्षीय विश्वेश्वर जोशीले ८ वर्षीय होनहार छोरोलाई क्रुर ढंगले हत्या गरी आफू झुण्डिएका थिए ।
श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माईतीघर गएका बेला साँझ छोराको हत्या गरेका थिए । जोशीले सुसाईड नोट पनि लेखेको प्रहरीले जनाएको छ ।
नोटमा जोशीले ऋण धेरै भएकाले तिर्न नसक्ने अवस्था आएकोले पछि आफ्नो ऋणका कारण छोराले दुःख पाउने भन्दै पहिला छोराको हत्या गरी आफूले आत्महत्या गर्ने उल्लेख रहेको प्रहरीले जनाएको छ । उनी अत्तरियामा मदिरा पसल गर्दै आएका थिए ।
सिरानीले छोराको नाकमुख च्यापेर हत्या गरेको र पछि आफू झुण्डिएका थिए । यो समाचार सार्वजनिक भएपछि उनको यो हर्कतको आलोचना गर्दै कमेन्टहरु अझै बन्द भएका छैनन् ।
एक त आत्महत्या गर्नै नहुने त्यसमाथि, अबोध बालकको हत्या गरी लाचारीपन देखाएकोमा सर्वत्र विरोध भएको छ । मरेपछि जसले पनि सहानुभूति पाउँछन् तर जोशीको छोराको हत्याका कारण अत्यन्त आलोचित भईरहेका छन् ।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व