बिदेश छोडेर नेपालमा कालिज ब्यवसाय, एउटाको मुल्य ३ हजार (भिडियो सहित)

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ९, २०७४
kalij banner copy

पोखरा / तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिज पालन व्यवसाय गरेका छन्। पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज पाल्न थालेको बताए।

पोखरा लेखनाथ महानगरपालिका–३३ लामगादीमा आफ्ना भान्जा सोमनाथ लामिछानेको २० रोपनी जमिनमा उनले दुई वर्षदेखि रू एक करोडको लगानीमा कालिजका अलवा तित्रासमेत पाल्दै आएका छन्।

आफू बेल्जियममा रहँदा कालिजको मासु किनेर खाने गरेको र यसको मासु निकै स्वादिष्ट र स्वस्थकर हुने गरेकाले घर फर्केपछि यो व्यवसाय सञ्चालन गर्ने रुचि भएको उनको भनाइ छ।

विसं २०७२ माघबाट शुरु गरिएको सो व्यवसायमा हाल उनले एक हजार २०० वटा कालिज र ४३ वटा तित्रा पालेका छन्। भविष्यमा मृग पनि पाल्ने सोच अधिकारीको छ । अधिकारीले बेल्जियमबाटै एक हजार २०० वटा कालिजको अण्डा सँगै लिएर आएका थिए। तिनै अण्डाबाट चल्ला निकालेपछि कालिज पालेका हुन् ।

यसको मासु विदेशी पर्यटकले निकै रुचाउने भएकाले खरिद गर्न नेपाली ग्राहक कम्पनीमै आउने गरेको र ५०/६० वटा भाले कालिज प्रतिवटा रु. तीन हजारका दरले बिक्री गरेको उनले बताए।

Related News

सम्बन्धित समाचार

  • रोकामगरलाई आर्थिक सहयोग

    राष्ट्र न्यूज सम्वाददाता जेठ ९, २०८०
    पोखरा, ९ जेठ । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहनु भएकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप…
  • पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ३१, २०८०
    पोखरा, ३१ वैशाख । स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराको आयोजनामा पहुचयुक्त संरचना र संचार सम्वन्धी अभिमुखीकरण र पहुचयुक्त परीक्षण कार्यक्रम…
  • उपनिर्वाचनको दिन यी सडक बन्द हुने

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ९, २०८०
    पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ । आज…
  • युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ८, २०८०
    पोखरा, ८ वैशाख । पोखराको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै…
  • पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ५, २०८०
    –वासुदेव पौडेल पटना(भारत), ४ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका…