कात्तिक ८ – गत शनिबार थाइल्यान्डको स्थानीय युथ-१८ कप फुटबलमा भएको पेनाल्टी अहिले विश्व फुटबल प्रेमीमाझ भाइरल भइरहेको छ । बैंककमा बैंकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबिचको सेमिफाइनल खेलमा निकै रोमाञ्चक पेनाल्टी सुट हेर्न पाइयो ।
निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको खेलमा निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा बैंकक २०–१९ गोल अन्तरले विजयी भयो । १९–१९ गोल हुँदा बैंककका एक खेलाडीले हानेको पेनाल्टी प्रहार विपक्षी गोल पोष्टको माथिल्लो बारमा लागेर फर्किएको थियो ।
https://youtu.be/fubfPOxW_Hs
पेनाल्टी बारमा लागेर रोकिएको ठानेर खुशी मनाएका सात्री क्लबमा किपरको खुशी धेरैबेर टिक्न पाएन । बारमा लागेर आएको बल भुँइमा ठोक्किँदै पोष्टभित्रै पस्यो र गोल भयो ।
Related News
सम्बन्धित समाचार
कास्की जिल्ला जिम्न्याष्टिक्स संघको अध्यक्षमा सोमबहादुर
माछापुच्छ्रे ४ मा योजना तर्जुमा
प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगितामा कास्की प्रथम
छात्र छात्र बृद्धिचालको उपाधी त्रिवेणी पब्लिकलाई
बगर भाई खलक सुपर भेट्रान फुटबल खेल्न भारत जाँदै