कस्तो गेम हो यो ? १ सय ५० भन्दा बढिले ज्यान दिइसकेका छन् ।

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
bluwwhale

इन्टरनेट गेम ब्लू ह्वेल खेलिरहेकी १९ वर्षीया एक किशोरीले आफ्नो हात २५ पटक काटेकी छिन् । परिवारका सदस्यले उनलाई अस्पताल लिएर गए जहाँ उनको घाउमा डाक्टरले सय टाँका लगाएर उनको ज्यान बचाए ।

भारतको मध्य प्रदेशको झाबुआमा बस्ने यी किशोरी केही दिन अघि दिदीको घरमा गएकी थिइन् । स्मरण रहोस्, रुसमा बनेको यो सुसाइड गेममा कारण भारत, चीन, अमेरिका, इरानसमेत विभिन्न देशका १ सय ५०भन्दा बढिले ज्यान दिइसकेका छन् ।

जानकारीका अनुसार ती किशोरी आइतबार राती साढे तीन बजे बाथरुम गइन् । त्यहाँ गेमको टास्क पूरा गर्नका लागि उनले १५ मिनेटमा हात काटिन् । ती किशोरीको स्थिती देखेर उनकी दिदीका परिवार तर्सिए र उनलाई तुरुन्त अस्पतालमा भर्ना गरे । उनको २५ वटा घाउमा सय टाँका लगाएपछि डाक्टरले उनलाई डिस्चार्ज गरेको छ । उनी अहिले आफ्नै दिदीको घरमा बसिरहेकी छिन् ।

ती किशोरीको उपचार गर्ने साइकोलोजिस्ट भन्छन्, ‘हामी उनको दिमागी अवस्थालाई निकै सुक्ष्म ढङ्गले अध्ययन गरिरहेका छौं किनभने उनले दुईपटक आत्महत्याको कोसिस गरेकी छिन् । अहिले उनको स्थिती नियन्त्रणमा छ ।’

कसैले मलाई मार्ने धम्की दिन्छः किशोरी

पीडितका बुवाका अनुसार उनकी छोरी रातभरी मोबाइलमा व्यस्त रहन्थिन्, नसुतिकन । उनको व्यवहारमा चिडचिडापन आएपछि सेप्टेम्बर २१ तारिखमा उनलाई अस्पताल पुर्याइयो । तर उनलाई भर्ना गरिएन ।

यता पीडितका अनुसार कसैले उनलाई ‘कि तँ मर, नभए म तँलाई मारिदिन्छु’ भनी धम्की दिने गर्दछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives