श्रृंखलाबद्ध आत्मघाती बम विस्फोट, कम्तीमा ४१ जनाको मृत्यु

Avatar राष्ट्र न्यूज सम्वाददाता
पौष १३, २०७४
main-qimg-d86d1dc4e01d1d6b594179bb57556eea

काबुल– अफगानिस्तानमा बिहीबार भएको श्रृंखलाबद्ध आत्मघाती बम विस्फोटमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नशरत रहिमी अनुसार राजधानी काबुल नजिकै रहेको सांस्कृतिक क्षेत्रलाई लक्षित गरी गराइएको विस्फोटपछि पनि लगातार २ विस्फोट भएका थिए । श्रृखंलाबद्ध विस्फोटका कारण घाइतेलाई समयमै उद्दार गर्न नसकिएको रहिमले बताए।

घटनाको जिम्मेवारी तालिवानी समूहले लिएको छ। आतंकवादी समूह तालिवानका प्रवक्ता जाबिउल्लाह मोजाहिदले प्रेस विज्ञप्तिमार्फत घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

विस्फोटबाट पश्चिम काबुलमा रहेको डास्टे डराची सांस्कृतिक केन्द्रमा क्षति पुगेको छ । मृतक तथा घाइतेलाई एम्बुलेन्स र प्रहरीका गाडीबाट नजिकैको सार्वजनिक र निजी अस्पतालमा लगिएको थियो । घटनापछि काबुलमा सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

  • पोर्नस्टारसँग ट्रम्पको अफेयर ?

    Avatar राष्ट्र न्यूज सम्वाददाता माघ ८, २०७४
    न्युयोर्क – पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो अफेयर रहेको कुरा स्वीकार गरेकी छन्। अमेरिकी चुनावका बेला स्टेफिनीसँग…
  • सन् २०१७ मा के-के भयो संसारभर ?

    Avatar राष्ट्र न्यूज सम्वाददाता पौष १७, २०७४
    –जीवन भण्डारी सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा भयो । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले…
  • राष्ट्रपति ट्रम्पले भने,‘डीभी परेर अमेरीका आउने रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्’

    Avatar राष्ट्र न्यूज सम्वाददाता पौष ३, २०७४
    एजेन्सी। सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने,…
  • २७ लाख फिलिपिनी जनता भोकमरी व्यहोर्न बाध्य

    Avatar राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मनिला – फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसंख्या भोकमरीको समस्या झेल्न वाध्य रहेकोसार्वजनिक एक अध्ययन प्रतिवेदनमा…
  • ट्रम्पले गरे आफ्नैको निन्दा

    Avatar राष्ट्र न्यूज सम्वाददाता मंसिर १८, २०७४
    वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेडेरल ब्युरो अफ इन्भेष्टिगेसनको’ कडा आलोचना गरेका छन्। आफ्नै मातहतमा रहेको उक्त निकायको प्रतिष्ठा गौण…