पोखरा, २१ माघ / नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको शुक्रबारको बैठकले आह्वान गरेअनुरुप प्राप्त नयाँ सदस्यता आवेदनकर्तामध्ये योग्य पत्रकारलाई अनुमोदन गरेको छ । खेलकुद पत्रकार मञ्चमा १५ जना नयाँ सदस्य थप भएका छन् ।
सदस्यता पाउनेहरुमा आदर्शसमाज दैनिकका दुर्गाप्रसाद पौडेल, पोखरान्युज डटकमका ढाकामोहन बराल, सुनौलो पब्लिकेशनका राजाराम पौडेल, आर्थिक आवाजका सुरेन्द्र पौडेल, गोल्डेन आई टिभीका प्रभु अधिकारी, पोखरा टेलिभिजनका रोशन अधिकारी, रेडियो बाराहीका शशी पौडेल, मेघा एफएमका गौरव त्रिपाठी, माछापुच्छ«े एफएमका कविता घर्ती मगर, रेडियो अन्नपूर्णका उमा आले मगर, पोखरा हटलाईनका गणेश पौडेल, जक्शन डटकमका युवराज गुरुङ, कमाण्डर पोष्टका नरहरि पौड्याल, रेडियो जननीका क्षमता खड्का र आदर्श नेपाल दैनिकका राजु गिरीको आवेदन स्वीकृत गरिएको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।
नयाँ १५ जना सहित मञ्चमा आबद्ध पत्रकारको संख्या ५६ पुगेको छ । वार्षिक नविकरण गर्नुपर्ने निर्णय समेत मञ्चको यसअघि बैठकले गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
ह्विलचेयर बास्केटबल प्रतियोगितामा महानगर टीम प्रथम
लुम्बिनी विकास बैंक अरण्यज्योति कप हुने
‘खेलकुद र ध्यान’ विषयक कार्यशाला
नेपाल ट्रायथोलन सङ्घ प्रादेशिक संरचनामा, गण्डकीको अध्यक्षमा सुमन
वडाध्यक्ष बराल जोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा