अक्सिजनको अभावमा बिरामी मार्न पाइदैन – कास्की काँग्रेस

राष्ट्र न्यूज सम्वाददाता
जेठ १४, २०७८
1464510072_nepali_congress

पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण भएको र कोरोना संक्रमित बाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी तीन विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
विज्ञप्तिमा पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा ६ जनाको मृत्यु भएको, भेरी अस्पतालमा सरकारकै मिलेमतोमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र बिना योजना पोेखराका स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य बिरामीलाई उपचारबाट बञ्चित गरिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘अक्सिजनको अभावमा बिरामी मार्न पाईदैन, यो सरकार र अस्पताल प्रशासनको गम्भीर लापरवाही हो, विज्ञप्तिमा भनिएको छ, बिरामीको स्वास्थ्य उपचारमा भएको लापरवाहीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा जोखिमको अवस्थामा अग्रपंक्तिमा रहेर काम गरिरहेको अवस्थामा भेरी अस्पतालमा सरकारकै संलग्नतामा स्वास्थ्यकर्मी माथि आक्रमण भएको भन्दै त्यसको निन्दा गरिएको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल नबनाएर अन्य बिकल्प तयार गर्न कास्की काँग्रेसले पटकपटक गरेको आग्रहप्रति सरकारले बेवास्ता गरेको भन्दै आपत्ती जनाएको छ ।

सरकारसँग धेरै बिकल्प हुँदाहुदै कोभिड बाहेकका अन्य बिरामीको सहज उपचारको पहुँचमा रहेको क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएपछि अन्य बिरामी उपचारका लागि कता जाने प्रश्न गर्दै विज्ञप्तिमा भनिएको छ, सरकार गैरजिम्मेबार बनेकाले अन्य बिरामी अलपत्र पर्ने अवस्था सृजना भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…