गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा राजीनामा, तीन दिन भित्र नयाँ सरकार गठनका लागि आव्हान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २६, २०७८
prithivi-Subba-Gurung

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।

उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष राजीनामा बुझाउनु भएको हो । उहाँको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिनुभयो । भोलि सोमबार प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची छ ।

अविश्वासको प्रस्तावपछि पद जाने भएपछि उहाँले अघिल्लो दिनै राजीनामा बुझाउनु भएको बताइएको छ ।

यसैबीच, प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives