भीमेश्वरको शिलामा आयो पसिना, ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना

रासस
वैशाख २५, २०७८
bhimeshwor-sila

दीपशंकर चौलागाईँ

दोलखा, २५ वैशाख (रासस) । प्रसिद्ध भीमेश्वर मन्दिरका शिलामा एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ ।

आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा पसिना आएको स्थानीय समाजसेवी भरत प्रधानले राससलाई जानकारी दिनुभयो ।

यस पटक शिलाको बायाँ र बीच दुवै भागमा पसिना आएको उहाँले बताउनुभयो । बायाँ पसिना आउँदा अनिष्ट हुने बताइएको छ । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङ्ख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए ।

भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना गर्ने र शिलालाई चमरले हम्किने चलन छ ।

भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजा बजाइन्छ । पसिना आएको खबर सार्वजनिक हुनासाथ दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । साथै शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन छ । पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले जानकारीसमेत गराइसकेको छ ।

आइतबार राष्ट्रपति कार्यालयलाई भीमेश्वरको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । शिलामा पसिना आएपछि प्रजिअलगायत सुरक्षा निकायका प्रमुख मन्दिर परिसरमा पुग्नुभएको थियो ।

भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिहरुसँग बैठक राखेर राष्ट्रप्रमुखसमक्ष महाप्रसाद पठाउने चलनअनुसार आइतबार राष्ट्रपति कार्यालयमा प्रसाद पठाइने निर्णय गरिएको बताइएको छ ।

महाप्रसाद लिएर सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, सल्लाहकार र जनप्रतिनिधिसहितको टोली आइतबार नै राष्ट्रपति कार्यालयमा जाने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…

Archives

Archives