पोखरा, २४ वैशाख । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नंं १ का पूर्व सभापति कृष्णमान गुभाजुको बिहीबार निधन भएको छ ।
कोरोना संक्रमणका कारण ६१ वर्षीय गुभाजुको पुल्चोकको अल्का अस्पतालमा निधन भएको हो । स्वर्गीय गुभाजुका एक श्रीमती, २ छोरा, १ छोरी र चार दाजुभाइ हुनुहुन्छ ।
यसैबीच नेपाली काँग्रेस कास्कीले शुक्रबार शोक विज्ञप्ति प्रकाशित गरी गुभाजुको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टी सभापति कृष्ण केसीद्धारा जारी विज्ञप्तिमा नेपाली काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा गुभाजुले खेलेको भूमिकाको स्मरण गर्दै गुभाजुको निधनले पार्टीलाई अपूरणीय क्षती भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा गुभाजुको निधनले पार्टीले एक होनाहार, इमान्दार र निष्ठावान व्यत्तित्व गुमाएको उल्लेख छ ।
विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives