प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २२, २०७८
pradesh pramukh

पोखरा,२२ वैशाख । गण्डकी प्रदेशमा नव नियुक्त प्रदेश प्रमुख सीता कुमारी पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ ।

आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र प्रदेश कार्यालयका कर्मचारीको उपस्थितिमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई नेपाली सेनाले सलामी दिएर स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले प्रदेशको अभिभावकका रुपमा जिम्मेवारी पूरा गर्ने बताउनुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २९ गते पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives