तनहुँ, २२ वैशाख (रासस) । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा दिउँसो ५ बजे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives